धादिङ–पृथ्वी राजमाग अन्तरर्गत धादिङको थाक्रे ७ जुँगेखोलामा बस दुर्घटना हुँदा ३ जना घाईते भएका छन् । काठमाण्डौंबाट धादिङबेशी तर्फ जाँदै गरेको बा ५ ख ७४ नम्बरको बसले पैदल यात्रीलाई ठक्कर दिई अनियन्त्रित हुँदा बसमा सवार दुई जना समेत घाईते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाईते हुने पैदल यात्रीमा थाक्रे गाउँपालिका वडा नम्बर ७ का भिम बहादुर पण्डित रहेका छन्... विस्तृतमा