आज:  | Sat, 11, May, 2024

पौराणिक कथा अनुसार हरीसयनी एकादशीको महत्व ।

२६ असार २०७९, आईतवार १३:०० मा प्रकाशित ( १ साल अघि) ३७८ पाठक संख्या
नारी बाटिका


नारी बाटिका समचारदाता
२०७९ असार २६

पौराणिक कथा अनुसार हरीसयनी एकादशीको महत्व ।

सत्ययुगमा मान्धाता नामका एक चक्रवर्ती सम्राट राज्य गर्थे । उनको राज्यमा प्रजा एकदमै सुखी र आनन्दपूर्वक बस्दथे । एक समय राज्यमा लगातार तीन वर्षसम्म पानी परेन । पानी नपरेको कारण देशमा भयांकर अनिकाल लाग्न थाल्यो । भोकमरीले प्रजाहरु आकुल व्याकुल हुन थाले । त्यसपछी चारैतर्फ हाहाकार मच्चियो । प्रजाको दयानीय अवस्था देखेर राजा यस समस्याको समाधान खोज्नका लागि जंगल तर्फ निस्किए ।

यसै क्रममा विचार गर्दै जाँदा जाँदा राजा मान्धाता अङ्गिरा ऋषिको आश्रममा पुगेर विन्ती गर्न लागे ऋषीश्वर, मेरो देशमा पानी परेन, पानी नपर्नाले देशैभरी अनिकाल लागी रहेछ,मेरा प्रजाहरु भोकमरीमा परीरहेछन्, मैले उनीहरुलाई गाँस दिन सकेको छैन । यस्तो संकटको अवस्थामा म के गरुँ ? राजाको कुरा सुनेर अङ्गिरा ऋषिले भन्नु भयो ‘तिमीले आफ्नो राज्यमा गएर हरीशयनी एकादशी व्रत राख्नु तुलसीको मठ बनायर घरमा तुलसी रोप्नु। यस व्रतको प्रभावले तिम्रो राज्यमा अवश्य पानी पर्नेछ ।’ अङ्गिरा ऋषिको कुरा सुनेर हवस् भनी ऋषीर्ला साटंग दण्डवत गरी राजा मान्धाता आफ्नो राज्य तर्फ फर्किए । राजाले विधि विधान पूर्वक देवशयनी एकादशीको व्रत बसे । यसको प्रभावले वर्षा हुन थाल्यो र राज्यमा समृद्धि फर्कियो ।

धार्मिक ग्रन्थ,पुराणमा उल्लेख गरिए अनुसार असार महिनामा पर्ने हरीशनी एकादशीलाई विशेष महत्व दिइएको पाईन्छ । धार्मिक मान्यता के छ भने यस दिन भगवान विष्णु धर्तीमा झरी सत्तेयुगमा पतिव्रता व्रिन्दाको सराप मोक्ष गर्नका लागी तुलसी,कुश,परपिपल र शालिग्राम भई ४ महिना अर्थात श्रावण देखी कार्तिक महिना सम्म यिनै ४ वस्तुमा सयन गर्नु हुन्छ भन्ने मान्यता चलि आएको छ भने आजकै दिन बाट सवै भत्तजनहरुले आ आफ्ना घरमा तुलसीको विरुवा रोपी पूजा पाठ र व्रत गर्नाले समस्त मनोकामना पूरा हुन्छ र भगवान विष्णु प्रशन्न हुन्छन् भन्ने विस्वाश गरिन्छ ।
पूजा गर्ने विधि अनुसार बिहानै सवेरै उठेर नुहाएर शरीर शुद्ध पार्ने । त्यसपछि हरीशयनी एकादशी व्रत बस्न सकिन्छ । पूजास्थलमा भगवान विष्णुको प्रतिमा स्थापना गरेर तुलस्को विरुवा मठमा सारेर पूजा आजा गर्नुपर्छ । भगवान विष्णुलाई पहेँलो फूल, पहेँलो वस्त्र, पहेँलो चन्दन चढाउनु पर्छ । उनको हातमा शंख, चक्र, गदा र पद्मले सुशोभित गर्नुपर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस