
नारी बाटिका
चितवन, ७ मंंसिर ।
बोराभित्र हातखुट्टा बाँधेको अवस्थामा महिला र पुरुषको शव फेला परेको छ । चितवन भरतपुरको मिलनचोक स्थित मुख्य राजमार्गको पुलमुनि एक रहस्यमय घटना भएको चितवन प्रहरीले जनाएको छ ।
बोराभित्र हात खुट्टा बाँधेको अवस्थामा महिला र पुरुषको शव फेला परेको हो। दुवै शव एकै स्थानमा छुट्टा छुट्टै बोराभित्र भेटिएको छ ।
वुधबार दिउँसो करिब १ बजेको समयमा शव फेला परेको प्रहरीले जनाएको छ। चितवन प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको जनाएको छ। भरतपुर महानगरपालिका वडा नम्बर ९ र १२ को सीमा क्षेत्रमा उक्त शव भेटिएको हो।
चितवन भरतपुरको मिलनचोक स्थित मुख्य राजमार्गको सानो पुलमुनी फेला परेको शव अधबैंसे उमेरका रहेको छ । मृतकका अनुहारमा ठुलै घाउचोट समेत देखिएकाले उनिहरु कहाँका को हुन् भनेर चिनिने अबस्था नभएको प्रत्यक्षदर्शीले बताएका थिए ।








प्रतिक्रिया दिनुहोस