
नारी बाटिका
काठमाडौँ २९ माघ।
नेकपा माओवादी केन्द्रका नेता गगन पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार गएिको फैसलाले झापाका नेता पुरी र केशावतीलाई दोषी ठहर गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिनु भयो ।
झापा जिल्लाको दमक नगरपालिका(१३ को सरकारी जग्गा हडपेर सम्पत्ति कायम गरेको पुरीमाथि आरोप लागेको थियो । यसैगरी विशेष अदालतले पनि उनको आय भन्दा व्यय ४ करोड रुपैयाँ बढी देखिएको ठहर गरेको प्रवक्ता कार्कीले बताउनु भयो ।
अदालतले गगन पुरी सहित ६ जनाविरुद्ध २०७७ सालको २१ माघमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो । ६ जनाविरुद्ध मुद्दा दायर भएका मध्य नेता पुरी र केशावती मात्र दोषी ठहर भएका हुन् । अदालतले उनीहरुविरुद्ध सजाय निर्धारणका लागि ६ फागुनमा पेशी तोकिएको छ ।








प्रतिक्रिया दिनुहोस