आज:  | Tue, 30, Apr, 2024

 मुख्यमन्त्री जम्कट्टेललाई विस्वासको मत पाउन नै धौ धौ

१९ चैत्र २०८०, सोमबार १४:५७ मा प्रकाशित ( ४ हफ्ता अघि) १०५ पाठक संख्या
नारी बाटिका


हेटौंडा- १९ चैत ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई आज विस्वासको मत पाउन सकस देखिएको छ।पछिल्लो राजनितिक समिकरणपछी मन्त्रिमडल फेरवदल भएसंगै आज विस्वासको मतका लागी बैठक बोलाईएको  थियो।

उहाँलाई नेकपा एकिकृत समाजवादीले विश्वासको मत दिने निर्णय गरेको भएतापनि सत्तापक्षकै एकजना सांसद उपस्थित नहुने देखिएको छ।आज विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री जम्कट्टेललाई सत्ता साझेदार दल नेकपा एसकै एक सांसद बैठकमा अनुपस्थित हुने चेतावनी दिएका हुन्।

हिजो(आइतबार)काठमाण्डौंमा बसेको नेकपा एस संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई हालको अवस्थामा विश्वासको मत नदिने निर्णय गरेको थियो।

सत्ता नेतृत्वमाआलोपालोको सर्त राखेको एकीकृत समाजवादी पार्टीले सोमबार केन्द्रमा सहमति भएपछि विश्वासको मत दिने भएको बताएको थियो। तर दलका नेता कृष्ण खनालले मुख्यमन्त्री जम्कट्टेलाई विश्वासको मत नदिने बताएका थिए।

तर केही समयपछी मन बदलिएका नेता कृष्णप्रसाद खनालले अहिलेलाई विश्वासको मत दिने बताए पनि नेकपा एसकै सांसद रमा आले मगर भने उक्त कार्यक्रममा सहभागी नभई काठमाडौंमै छिन् । उनले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन आफू नआउने बताइन्।

‘जम्कट्टेल नेतृत्वको प्रदेश सरकार टिकाउन हाम्रो नेपाली पार्टीलाई सत्ता साझेदार बनाएको भएतापनि राजनीतिक चुनौती कायमै देखिएको छ। मुख्यमन्त्री जम्कट्टेलले गत बिहीबार हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई मन्त्रीमा नियुक्त गर्नु भएको थियो ।

यसैगरी शनिबार सत्ता साझेदार दल एमालेबाट संसदीय दलका नेता जगन्नाथ थपलियालाई सरकारमा सहभागी गराउनु भएको थियो।दुई दल सरकारमा सामेल भएसँगै अङ्कगणितमा मुख्यमन्त्री जम्कट्टेल बलियो देखिए पनि सत्ता साझेदार दलकै कारण आज विश्वासको मत लिने बैठक स्थगित समेत हुने अवस्था आउन सकिने सत्ता साँझेदारकै एक स्रोतले बतएको छ।

हाम्रो नेपाली पार्टीका एक सांसद सरकारमा गए पनि केन्द्रको विवादका कारण समानुपातिक तर्फबाट सांसद बनेकी हाम्रो नेपाली पार्टी कै सरिता खड्की पनि अनुपस्थित हुने भएकी छन्।११० सदस्यीय रहेको बागमती प्रदेशसभामा सरकारको निरन्तरका लागि ५६ सांसदको समर्थन आवश्यक पर्दछ । सत्तारूढ दलहरू माओवादी केन्द्रका २१, एमालेका २७, एकीकृत समाजवादीका ७, हाम्रो नेपाली पार्टीका २ सांसद छन् भने विपक्षी दलमध्ये कांग्रेस ३७, राप्रपा १३ (सभामुख सहित) र नेमकिपाका ३ सांसद छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस