आज: २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026

इन्टरपोलबाट रेड कर्नर नोटिसका चारजना फरार अभियुक्तहरु विदेशबाट पक्राउ

२०८० पौष ५, बिहिबार मा प्रकाशित ( २ साल अघि) ९८३९ पटक पढिएको
नारी बाटिका


काठमाडौं ५ पुस ।

नेपाल प्रहरीले इन्टरपोलबाट रेड कर्नर नोटिस जारी गरिएका चारजना फरार अभियुत्तलाई विदेशबाट पक्राउ परेका छन । प्रहरीले एक हप्ताको बिचमा इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भई फरार रहेका चारजनालाई विदेशमा लुकीछिपी बसेको अबस्थामा पक्राउ गरी नेपाल ल्याएको हो।

प्रहरीले इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका हरुलाई नेपल ल्याइएको हो ।

काठमाडौं उपत्यकाका प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार युनाइटेड अरब इमिरेटस् (युएई)को दुबईबाट तीन र कुवेतबाट एक गरी चारजना पक्राउ गरी नेपाल ल्याइएको हो।

विद्युतीय कारोबारको कसुरमा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका प्यूठानको सरुमारानी गाउँपालिका–१ का ३३ वर्षीय सगीर अहमदलाई पक्राउ गरी हिजो नेपाल ल्याइएको हो ।

यसअघि स्याङ्जाको वालिङ नगरपालिका–११ भोर्लेका ३५ वर्षीय यामबहादुर बुढाथोकी, काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–८ का ३१ वर्षीय उमेश लामा र सर्लाहीको जानकी नगरका कोमलराज उपाध्यायलाई पक्राउ गरी नेपाल ल्याएको प्रहरी नायब महानिरीक्षक कडायतले बताउनु।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस