आज:  | Fri, 26, Apr, 2024

‘फाइनलसिमा’ को उपाधि अर्जेन्टिनालाई

१९ जेष्ठ २०७९, बिहीबार ०८:१३ मा प्रकाशित ( १ साल अघि) ३४० पाठक संख्या
नारी बाटिका


काठमाण्डौ – इटलीलाई हराउँदै अर्जेन्टिनाले ‘फाइनलसिमा’ सन् २०२२ को उपाधि जितेको छ ।वेम्बली मैदानमा गएराति भएको खेलमा इटलीलाई ३–० गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो।

अर्जेन्टिनाका लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक÷एक गोल गरे ।कप्तान लिओनल मेस्सीले उत्कृष्ट प्रदर्शन गरे । उनले दुई असिस्ट गरे ।

फाइनलसिमामा युरोकप च्याम्पियन र कोपा अमेरिका च्याम्पियनबीच प्रतिस्पर्धा हुनेगर्छ । इटली युरोकप च्याम्पियन हो भने अर्जेन्टिना कोपा च्याम्पियन हो ।फुटबल विकासका लागि फरक देश, महादेश र संस्कृतिलाई एक ठाउँमा ल्याउन खेल भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस