आज:  | Thu, 02, May, 2024

आज राष्ट्रिय धान दिवस, असार १५ दही–च्यूरा खाइ महत्वका साथ मनाइने पर्व

१५ असार २०८०, शुक्रबार ०८:२५ मा प्रकाशित ( १0 महिना अघि) ६८९ पाठक संख्या
नारी बाटिका


 

भगवती उप्रेती

काठमाडौं १५ असार।

आज राष्ट्रिय धान दिवस तथा असार १५ गतेका दिनलाई दही चिउरा खाएर धान दिवशका रुपमा मनाइँदैछ । यस वर्ष सरकारले ‘जलवायु अनुकूलित कृषक मैत्री प्रविधिः धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव कार्यक्रमको आयोजना गरेर धान दिवस मनाउँने भएको छ ।

तीन साता अघि कृषि विभागका महानिर्देशक हरि बहादुर केसीको अध्यक्षतामा बसेको बैठकले विभिन्न कार्यक्रम गरी यस दिवश मनाउन मूल समिति समेत गठन गरिएको थियो । त्यस्तै आज भन्दा २० वर्ष अगाडी सरकारले कृर्षक र किसानीलाई कृर्षी पेशामा प्रोत्साहन गर्नका निमित्त विसं २०६१ देखि धान दिवस तथा रोपाइँ महोत्सव मनाउने निर्णय गरेको थियो ।

 

सोही समयदेखी नेपालमा धान दिवश मनाउने प्रचलन रही आइ रहेको छ । साथै नेपालको हावापानी माटो अनुसार जिमाल,पहाडी भुभागमा कृर्षकहरुले धान,मकै,कोदो लगायतका अन्नवाली लगाउने गर्दछन् । हिमाली भुभागमा धानको खेती राम्रो हुदैन । महाडी माटोमा मध्यम खालको धानको खेती हुन्छ भने तराइमा भने उल्लेखनिय रुपमा धानवाली हुन्छ र फल्दछ पनि । नेपालको प्रमुख खाद्यान्न बाली र खाद्य सुरक्षाको प्रमुख आधार रहेको धान बाली विकास तथा कृषिजन्य विविधता संरक्षण केन्द्रले जनाएको छ ।

आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक लगायतको महत्त्व रहेको धानबालीलाई एउटा बालीका रूपमा मात्र नभई औसत नेपालीको जीवन पद्धतिका रूपमा हेरिने गरिएको छ । अझै तेती मात्रै काँ होर ? तराइमा भागमा फलेको धानको चामल लगभग ७५ प्रतिशत नेपालीको भान्छामा पाक्ने गर्दछ । धानका विविध महत्त्वलाई दृष्टिगत गरी उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायिकीकरण गरी रातदिन माटोमै रहेर खेती गर्रे किसानलाई प्रोत्साहन समेत गर्नको लागी सरकारले दिवस बनाउन लागिएको कृषि विभागले जनाएको छ ।

मौसम परिवर्तन संगै जलवायु परिवर्तनका कारण धानखेतीमा देखिने असर र समस्यालाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिको प्रचार–प्रसार गरी अवलम्बन गर्न यस्ता दिवस र महोत्सको महत्व पनि हुने मानिएको छ । नेपालमा धानखेतीका लागि तराई र भित्री मधेस तथा पहाडका फाँटलाई उर्वरभूमि मानिन्छ ।

नेपालमा पछिल्लो समय उन्नत जातको धानखेतीका लागि सरकारले कृषकलाई प्रोत्साहन गरेको छ भने रैथाने पुराना बीउ प्रवर्द्धनमा पनि जोड दिँदै आइरहेको छ । कृषक,खेखी गरिरहेका अशली किसानीहरु र खेती संग सम्वन्धित पक्षलाई यस्ता विषयमा सचेत र जागरुक तुल्याइ धान उत्पादन एवं उत्पादकत्व बढाउन यस वर्षको नाराले सन्देश दिन लागेको देखिन्छ ।

नेपालको प्रमुख खाद्यान्न बाली भनेकै धानवाली हो । कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत, कृषिमा २० प्रतिशत र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान पुर्याएको छ । कृषि विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धानबाली लगाइने गरिएको छ ।

पछिल्लो समयमा दैनिक रुपमा सयौंको संख्यामा युवा जनशक्ति विदेश पलायन भइरहेका छन् । काम गर्न सक्ने परिवारका सदस्यहरु विदेशमा छन् । नेपालमा रहेका सिमित व्यक्तिका हातमा धेरै जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु, आकासे खेतीमा निर्भर, सिँचाइको व्यवस्था नहुनु, उन्नत जातका बीउवीजन तथा मलखाद तथा अनुदानको राम्रो व्यवस्था नहुँदा धानको उत्पादनमा असर परेको विज्ञहरुले बताएका छन् । साथै प्रत्यक वर्ष किसानीले समयमा मल पनि प्राप्त गर्न सकिरहेका छैनन् ।

यसैगरी परापुर्व कालदेखी आज असार १५ को दिनलाई नेपाली समाजमा दही–च्यूरा खाने पर्वको रुपमा पनि मनाइदै आएको छ । वर्षायामको समय,खेती लगाउने कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् । दही च्यूराले शरीर शीतल भई शक्ति सञ्चय हुने वैज्ञानिक रुपमा पनि विश्वास गरिन्छ ।

वर्षभरीमा किसानका लागि छाक जुटाउन यो महीना खेतीमै व्यस्त हुन्छन् । भनिन्छ मुठी खाएर मुरी उब्जाउने समयका रुपमा लिइन्छ । आजका दिन मात्रै नभइ असारका महिना छुपु छुपु खेतालाहरु असारे भाकामा लोक लयका गीत गाउँदै धान रोप्ने र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन छ । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस