आज:  | Sun, 05, May, 2024

दैलेखमा स्वास्थ्य उपचार नपाएपछी एक राउटे बालिकाको मृत्यु

५ माघ २०८०, शुक्रबार १९:४२ मा प्रकाशित ( ३ महिना अघि) २८६ पाठक संख्या
नारी बाटिका


दैलेख ५ माघ ।
स्वास्थ्य उपचार नपाएपछी एक राउटे बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको भैरवी गाउँपालिका(वडा न.ं४ को गड जिउलामा बस्ने एक राउटे बालिकाको उपचार नपाएर मृत्यु भएको हो । उक्त स्थानमा बसोबास गर्ने हरिबहादुर शाहीकी १२ वर्षीया छोरी दुर्गा शाहीको बिहीबार राति मृत्यु भएको हो।

बालिका विगत एक महिनादेखि बिरामी परेकी थिईन् । बिरामी परेकी बालिका शाहीको उपचार हुन सकेको थिएन ।उनी विरामी परेको थाहा पाएपछि उक्त क्षेत्रका समुदायका केही ब्यत्तिहरुले बालिकाको उपचार गराउन र खानपिनमा ध्यान दिन आग्रह गरेका भएपनि राउटे समुदायमा अस्पताल लैजाने भन्दापनि बनजंगलकै जडीबुटी खुवाउने तथा झारफुक गर्ने प्रचलन छ ।

बाहिरी संन्सार नबुझेका र बुझ्न पनि नचाहने राउटे जातिमा एक त उपचारमा लाग्ने खर्चको पनि अभाब र अस्पतालमा उपचार गराउन चासो पनि दिईने नगर्नाले बिरामी परेकी बालिकाको बिहीवार राति मृत्यु भएको राउटेसँग काम गरिरहेका लालबहादुर खत्रीले जनाएका छन् । राउटे हरिबहादुर शाहीका दुई छोरा र एक छोरी छन्। छोरीको मृत्युपछि हरिबहादुर चिन्तामा परेका छन्।

राउटे समुदायमा काम गरिरहेका लालबहादुर खत्रीको सुझाबमा औषधि खुवाएपछि केही दिन निको हुँदै गएको भए पनि माघेसंक्रान्तिमा खानपिनका कारण समस्या भएको र शुक्रवार बिहान बस्तीमा जाँदा बालिकाको मृत्यु भएको थाहा पाएको खत्रीले बताएका छन् । गड जिउलामा बस्दै आएका राउटे समुदाय शुक्रवार नै चामुण्डा बिन्द्रासैनी नगरपालिका(४ सुईयातडामा बसाइँ सरेका छन् ।

पछिल्लो समयमा चिसो बढेसँगै राउटे समुदायका अन्य व्यक्तिमा समेत स्वास्थ्य समस्या बढ्दै गएको छ। चिसो मौसम त्यसमाथी पनि भुईंमा रात कटाउनु पर्दा बालबालिका,अशक्त र वृद्धवृद्धामा थप जोखिमको अबस्था देखिएको छ । केही वर्षयता राउटे समुदायको जनसंख्या घट्दै गएको पाईएको छ। हाल राउटेको संख्या १३७ जना रहेको छ। तीमध्ये ६५ जना बालबालिका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस