
नारी बाटिका
काठमाडौं १३ भाघ ।
नेपाल समाजवादी पार्टी (नेसपा)का केन्द्रीय सदस्य एवं (मार्शल) माओवादीका पूर्व ब्रिगेड कमान्डर जितमान पुन पक्राउ परेका छन्। उनी तीन दिनअघि काठमाडौंबाट पक्राउ परेर डिल्लीबजार कारागारमा राखिएको भएतापनि उनलाई सार्वजनिक भने गरिएको थिएन ।
रुकुम पूर्वको भुमे गाउँपालिका–१ मा स्थाई घर भएका जितमान पुनमाथि २०५३ सालमा चरेस ओसारपसार सम्बन्धी मुद्दा लागेको थियो । सो मुद्दामा जिल्ला अदालत दाङले साढे दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। सोही मुद्दामा उनलाई प्रहरीले पक्राउ गरेको हो।
पूर्व प्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डाक्टर बाबुराम भट्टराईले ‘मने जनयुद्धकालीन मुद्दा’मा पुनलाई पक्राउ गरिएको भन्दै आपत्ती जनाएका छन्। पुन ०७४ सालको निर्वाचनमा रुकुम पूर्वबाट बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिको उम्मेदवारको समेत टिकट पाएका थिए।








प्रतिक्रिया दिनुहोस