
भक्तपुर २ कार्तिक ।
भक्तपुरको राधेराधेबाट स्रोत नखुलेको नगद ८ लाख ५० हजार रूपैयाँ सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट गजुरा नगरपालिका(४ घर भई काठमाडौं महानगरपालिका ७ रातोपुल बस्ने ३७ वर्षीय शशीकान्त चौलागाईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।
उनलाई उक्त स्रोत नखुलको नगद, विभिन्न बैंकको एटिएम कार्ड ५ थान लगायतका सामानहरू सहित जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो।
उनलाई हुण्डी सम्बन्धी कारोबार गर्न नहुने सम्बन्धी कसुरमा जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थपको अनुमति लिई अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस