धादिङ– जिल्ला अस्पताल धादिङमा पहिलो पटक एपेण्डिसाईटिस अपरेसन सेवा सुरु भएको छ । अस्पतालले आधुनिक अपरेसन कक्ष, आफ्नै अक्सिजन प्लान्ट निर्माण र दक्ष जनशक्ति सर्जन डाक्टरको व्यवस्थापन पछि सो सेवा सुरु गरिएको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम विश्वकर्माले जानकारी दिनुभयो । पेट दुखेर अस्पताल आएका दोलखा जिल्ला निवासी एक २४ वर्षीय खड्गबहादुर मगरको पहिलो सफल अपरेसन गरेको... विस्तृतमा