प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि धादिङमा उत्साहजनक रूपमा मतदान भइरहेको छ । धेरै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको लाइन लागेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ । धादिङको एक सय १४ मतदानस्थल र तीन सय ३ वटा मतदान केन्द्र मध्ये दश वटा मतदान स्थलमा मतदान सुरु हुन बाँकी रहेको जिल्ला निर्वाचन अधिकारी सन्तोष कुमार श्रेष्ठले जानकारी दिनुभयो... विस्तृतमा