काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान गरिएको परीक्षणमा उहाँलाई कोरोना पोजेटिभ देखिएको उहाँको सचिवालयले जनाएको हो । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेशनमा बस्नुभएको प्रेस संयोजक विमल विष्टले जानकारी दिनुभयो । आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना सङ्क्रमण भएको छ... विस्तृतमा