काठमाडौं -२१ जेठ । इन्टरपोलमार्फत विदेश मै पक्राउ परेकी टिकटकर तुलसा अधिकारीलाई आज ललितपुर जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले पुर्पक्षका लागि उनलाई थुनामा पठाउने आदेश दिएको हो। यही जेठ १७ गते थाइल्यान्डमा छोरीको साथमा घुमिरहेको समयमा उनलाई इन्टरपोलको सहयोगमा पक्राउ गरी नेपाल ल्याएको... विस्तृतमा